अल्लो समाजको स्थापना वि. स. २०६६ पौष २६ गते (१० जनवरी २०१० )मा भएको हो। यो संस्था साना उद्योग विकास समिति, संखुवासभा (दर्ता न. ८५२ )मा दर्ता भएको हो। यसले अल्लो उत्पादकहरुको लागि ढांचा , गुणस्तर नियन्त्रण र व्यवस्थापन सेवाहरु प्रदान गर्दछ। संखुवासभा तथा सोलुखुम्बुका दुर्गम समुदायहरुमा छरिएका कुलुङहरुले जंगली अल्लोका लोक्तालाई रेशम जस्तो धागोमा परिवर्तन गर्ने ज्ञान विरासतमा हासिल गरेका छन्। कुलुङहरुको स्वामित्व रहेको तथा कुलुङहरुबाट नै संचालित यस संस्थाले कुलुङ्गहरुको मेहेनतको उचित मूल्यांकनको लागी एक एकत्रित, अखण्ड तथा व्यवस्थित पद्धतिको विकास गरेको छ।

व्यवस्थापन

अल्लो समाजले आफ्नो संचालनमा आधुनिक व्यवस्थापनको सिद्धान्तलाई ग्रहण गरेको छ ।

क. अर्डर तथा वितरण

हामी हातबाट निर्मित अल्लोका उच्च गुणस्तरीय उत्पादनहरुको सम्पूर्ण दायरा प्रस्तुत गर्ने भरपर्दो उद्यम हौं। हामी हाम्रो मुल्यवान ग्राहकहरुको सहजताको लागि विविध प्रकारका ढांचा, रंग तथा छपाई प्रस्तुत गर्दछौं। यसको लागि हामीले नेपालभित्र तथा बाहिर एक सरल तर प्रभावकारी अर्डर तथा वितरण प्रणाली स्थापित गरेका छौं। हामी वषौंसम्म व्यवसायिक रुपमा संचालन गरेर कमाएको प्रतिष्ठा तथा सद्भावना प्रति अत्यन्त गर्व गर्दछौं।

ख. स्रोत व्यवस्थापन प्रणाली:

हामी यो बुझ्दछौं कि पहाड तथा हिमालका दुर्गम बस्तीहरुमा बसोबास गरेर सिर्जनशीलतालाई जोशसँग जोड्ने ८२५ भन्दा अल्लोका बुनाकरहरु तालीका हकदार हुनुहुन्छ। यी अल्लो उत्पादक हरुको कडा परिश्रमको उचित इनामको लागि एक नैतिक प्रणालीको व्यवस्था गरिएको छ।

ग. गुनासो सम्हाल्ने संयन्त्र:

हाम्रा ग्राहकहरुले सर्वोकृष्ट अनुभव तथा परिणाम पाउन भनेर हामी कडा मेहेनत गर्दछौं। त्यसैले वहाँहरुको प्रतिक्रियालाई हामी माया गर्दछौं।

गुणस्तर नियन्त्रण

हामी हाम्रो उच्च स्तरको काममा अत्यधिक गर्व गर्दछौं। हामीले उत्पादन गरेको हरेक वस्तु हस्तनिर्मित तथा उच्च गुणस्तरको हुन्छ। हामी ग्राहकहरुको छनौट बमोजिम आफ्नो ढाँचालाई अनुकूलन गर्न सक्षम छौं। हामी हाम्रो उत्पादनहरुको ढाँचा र विकासमा नवीनता समावेश गर्नेतर्फ़ सचेत छौं। यसको लागि हामीले अल्लो समाजमा गुणस्तर नियन्त्रण गर्ने विभाग स्थापना गरेका छौं जसले पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ।

संजालिकरण

हामी विकास र आत्मनिर्भरताको लागि एकीकृत पद्दति प्रति विश्वास गर्दछौं। प्रत्येक साझेदार चाहे त्यो सरकारी होस् वा गैरसरकारी, अल्लो उद्यमको प्रवर्दनको लागि विभिन्न समस्याहरुको मिलेर समाधान गर्नुपर्ने हुन्छ। यस बाहेक अल्लो प्रवर्दनको लागि निरन्तर शोध, विकास तथा साधनको आवश्यकता पर्दछ। एक एकीकृत पद्धति नै यसको लागि सर्वोकृष्ट विकल्प हो। त्यसैले विगतमा हामीले सरकारी निकायहरु, फिन्निस दूतावास, हिमाली जोश जर्मनी, निनम रिदुम हस्तकला आदिसँग काम गरेका छौं। अल्लोमा आधारित उद्दमको उत्थानको लागि भविष्यमा पनि हामी उस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं।