उत्पादन प्रक्रिया

  • कटनी

    समुद्री सतहभन्दा १२०० देखि ३५०० मीटरको उचाई मा रहेको हिमाली तथा पहाडी क्षेत्रमा अल्लोको उब्जनी हुन्छ। संखुवासभा र सोलुखुम्बुका कुलुङ महिलाहरुले अल्लोको बिरुवालाई काट्नुहुन्छ।

  • उखाल्नु

    अल्लोको लोक्तालाई विरुवाबाट उखालिन्छ।

  • लोक्ता सुकाउनु

    हरियो लोक्तालाई घाममा २ देखि ३ दिनसम्म सुकाइन्छ।

  • पकाउनु

    निकालिएको लोक्तालाई परम्परागत भाडामा राखेर उम्लेको पानीमा पकाईन्छ अथवा तातो पानीको वाफको संसर्गमा ल्याईन्छ।

  • धुनु र कुट्नु

    त्यसपछि लोक्तालाई बगेको पानीमा धोइन्छ र कुटिन्छ।

  • सेतो माटो मिसाउनु

    त्यसपछि कमेरो मिसाएर लोक्तालाई नरम पारिन्छ र सुकिसकेपछि धुलो सफा गरिन्छ।

  • धागो कात्नु

    परम्परागत काठको यन्त्र प्रयोग गरेर अल्लोबाट धागो कातिन्छ। यसरी उत्पादित अल्लोको रेशामा कपडाको लागि उपयुक्त भौतिक तथा यांत्रिक गुण हुन्छ।

  • कपडा बुन्नु

    स्थानीय काठको तानबाट अल्लोको कपडा बुनिन्छ।

  • बुन्नु

    खेतको काममा जाँदा पनि महिलाहरुले शल , पन्जा आदि वस्तुहरु हातले बुन्नुहुन्छ।

  • सिलाउनु

    अल्लोको कपडाबाट विविध वस्तुहरु जस्तै ब्याग, टोपी लुगाहरु आदि सिलाइन्छ।

  • तयार उत्पादनहरु

    उत्पादनहरुलाई बजारीकरण र विक्रीको लागि तयार गरिन्छ।